तिमिलाई कति हो हतारो
बर्तमान छैन र प्यारो ??

जति भागेपनी, यो जिन्दगीदेखि
परिरहन्छ पाइलैपिच्छे अफ्ठ्यारो ।।

बाँच पूरा बाँच, पलपल बाँच
के मज्जा बाच्नु त्यो उधारो ।।

दियो बनेर बल पहिले
अनि देखाउ मलाई अँध्यारो ।।

ठोक्किन्छु लड्छु, उठ्छु झन बलियो भै
लाग्दैनन कहिल्यै ठेसहरु* तगारो ।।

Advertisements